ad ad

राजनीति


प्रधानमन्त्री ओलीले सीसँग विमानस्थलमा एक्लै भेट्ने

प्रधानमन्त्री ओलीले सीसँग विमानस्थलमा एक्लै भेट्ने

नेपालखबर
असोज २५, २०७६ शनिबार ९:२६,

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विमानस्थलमा पाँच मिनेट अलग्गै भेटवार्ता गर्ने भएका छन्।

काठमाडौं ओर्लेलगत्तै विमानस्थलमै ओलीले सीसँग एक्लै भेट्न चाहेपछि अति विशिष्ट कक्षमा पाँच मिनेट छुट्टै भेटवार्ता मिलाइएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

ती अधिकारीका अनुसार नेपालको तर्फबाट ओलीले एक्लै भेट्ने तय भएपनि चिनियाँ पक्षबाट भने राष्ट्रपति सीसँग अन्य पदाधिकारी पनि हुन सक्नेछन्।

राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली सहित सिंगो मन्त्रीपरिषद विमानस्थल जाँदैछन्। राष्ट्रपति सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेपछि प्रधानमन्त्रीसहित मन्त्रीपरिषदका सदस्यहरूसँग परिचय गराउने र गार्न अफ अनर दिने कार्यक्रम छ।

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच आइतबार बिहान ११ बजे होटल सोल्टीमा दुई पक्षीय वार्ता हुने कार्यसूची तय भइसकेको छ। यद्यपी ओलीले एक्लै भेटवार्ता गर्न चाहेपछि चिनियाँ पक्षले पाँच मिनेट समय मिलाइएको ती अधिकारीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .