ad ad

कारोबार


राष्ट्रपति सीसँग रात्रिभोजमा सहभागी हुँदैछन् यी व्यवसायी (नाम-सूची)

राष्ट्रपति सीसँग रात्रिभोजमा सहभागी हुँदैछन् यी व्यवसायी (नाम-सूची)

दीपक भट्ट
असोज २५, २०७६ शनिबार ९:२२,

दुई दिने नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा रात्रिभोज आयोजना गरेकी छन्।

आज साँझ हुने रात्रिभोजमा नेपालका उच्चपदस्थ व्यक्तिहरु सहभागी हुँदै छन्। उक्त रात्रिभोजमा सीमित उद्योगी व्यवसायीलाई राष्ट्रपति कार्यालयले निम्तो पठाएको छ।

रात्रीभोजमा उद्योग वाणिज्य महासंघबाट दुई जना सहभागी हुँदै छन् भने नेपाल चेम्बर अफ कमर्सबाट एक जना र नेपाल उद्योग परिसंघबाट पनि एक जना सहभागी हुँदै छन्। नेपाल बैंकर्स संघका अध्यक्ष पनि सहभागी हुनेछन्।

व्यवसायी स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहाभागी हुने निश्चित भएको छ। त्यस्तै, उद्योग परिसंघका अध्यक्ष सतिस मोर हाल भारतमा रहेका छन् भने परिसंघकै निवर्तमान अध्यक्ष हरिभक्त शर्मा रात्रिभोजमा सहभागी हुनेछन्। त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई पनि निम्तो आएको उनले नेपालखबरलाई बताए।

उद्योगी व्यवसायीहरुलाई छुट्टै भेट नदिएकोले उक्त रात्रिभोजमा नै केही एजेण्डामा छलफल गर्ने रात्रिभोजमा सहभागी हुने व्यवसायीहरुले बताएका छन्। उद्योग वणिज्य महासंघकी अध्यक्ष राणाले नेपालखबरसँग छोटो समयका लागि चिनियाँ राष्ट्रपति नेपाल आउनु भएकाले छुट्टै समय नपाइएको बताइन्।

उनले भनिन्, ‘तर पनि रात्रिभोजमा सहभागी भएर केही कुराहरु राख्न सकिने अवस्था भने देखिएको छ।’

राष्ट्रपति सीसँगै आएको टोलीका अधिकारीसँग भने निजी क्षेत्रको भेटघाट कार्यक्रम रहेको राणाले बताइन्।

आज साँझ ७ः३० बजेदेखि सुरु हुने रात्रिभोजमा २ सय ५० जना सहभागी हुँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .