ad ad

कारोबार


२१ घण्टा लाइनमा बसेर भारतीयले खरिद गरे आइफोन १६

२१ घण्टा लाइनमा बसेर भारतीयले खरिद गरे आइफोन १६

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १५:५७, काठमाडौँ

एप्पलले भर्खरै सार्वजनिक गरेको आइफोन १६ को बिक्री भारतमा सुरु भएको छ। 

यसको खरिदका लागि मानिसहरु ज्यादै उत्साहित देखिएका छन्। दिल्ली र मुम्बईका एप्पल स्टोरको बाहिर मानिसहरुले घण्टौँ लाइन बसेर आइफोन १६ खरिद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मुम्बईमा रहेको बीकेसी स्टोरमा अहमदाबादबाट पुगेका उज्वल शाह नामका एक व्यक्तिले २१ घण्टा लाइनमा बसेर मोबाइल किने। यसले नयाँ फोन किन्न मानिसहरु कति उत्सुक छन् भन्ने देखाउँछ। 

भारतस्थित एप्पल स्टोरहरुअगाडि लामो लाइन रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। 

एप्पलले आईफोन १६ सिरिजमा ४ मोडल सार्वजनिक गरेको छ। आईफोन १६ को मूल्य भारतमा ७९ हजार ९०० (१२८ जीबी), ८९ हजार ९०० (२५६ जीबी) रहेको छ। त्यस्तै आईफोन १६ प्लसको १२८ जीबीको ८९ हजार ९ सय, २५६ जीबीको ९९ हजार ९ सय र ५१२ जीबीको १ लाख १९ हजार ९ सय रुपैयाँ पर्छ। 

त्यसैगरी आईफोन १६ प्रोको १२८ जीबीलाई १ लाख १९ हजार, २५६ जीबीलाई १ लाख ४९ हजार ९ सय र १ टीबीलाई १ लाख ६९ हजार ९ सय रुपैयाँ पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .