ad ad

कारोबार


काठमाडौं उपत्यकाको खानेपानी सुधारका लागि एडीबीले दियो करिब २३ अर्ब ऋण

काठमाडौं उपत्यकाको खानेपानी सुधारका लागि एडीबीले दियो करिब २३ अर्ब ऋण

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १५:३९, काठमाडौँ

सरकारले काठमाडौं उपत्यका खानेपानी आपूर्ती सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८९ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ।

असोज २ गते बसेको मन्त्रिपषिद बैठकले उक्त ऋण तथा करिब ४० करोड रुपैयाँ ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्।

यस्ता छन्, असोज २ गतेको मन्त्रिपरिषदका निर्णयहरू
सामान्य प्रत्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न समिति गठन गर्ने र अर्थ मन्त्रालयको प्रस्तावमा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका माननीय सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्छ्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने।

मिति २०८१ कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा आयोजना हुने विश्वबैंक समूहको अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा भाग लिन माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री नेतृत्वको टोलीलाई बैठकमा भाग लिन स्वीकृति दिने।

काठमाडौं उपत्यका खानेपानी आपूर्ती सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८९ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा १५ मिलियन (करिब २ अर्ब १ करोड रुपैयाँ) बराबरको अनुदान सयहायता एवम् जापान फन्ड फर पस्परस एण्ड रिजोलुसन एसिया एण्ड प्यासिफिक बाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर करिब ४० करोड रुपैयाँ ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .