ad ad

ग्लोबल


हिजबुल्लाहद्वारा इजरायलमा १४० रकेट प्रहार, इजरायली वायुसेनाले बेरुतमा गर्‍यो बमबारी

हिजबुल्लाहद्वारा इजरायलमा १४० रकेट प्रहार, इजरायली वायुसेनाले बेरुतमा गर्‍यो बमबारी

दक्षिणी लेबनानमा आक्रमणपछि देखिएको धुवाँको मुस्लो।


नेपालखबर
असोज ४, २०८१ शुक्रबार १९:३१, काठमाडौँ

इजरायली सेनाले आफ्नो वायुसेनाले लेबनानको राजधानी बेरुतमा लक्षित आक्रमण गरेको जनाएको छ।

बीबीसीका अनुसार तर इजरायली सेनाले हवाई हमलाबारे थप जानकारी दिएको छैन।

यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानबाट उत्तरी इजरायलमा रकेट प्रहार गरिएको बताएको थियो।

‘लेबनानबाट उत्तरी इजरायलमा १४० रकेट प्रहार गरिएका थिए। वायु रक्षा प्रणालीले १२० रकेट नष्ट गर्‍यो,’ आईडीएफले  विज्ञप्तिमा भनेको छ। 

‘लगभग २० वटा रकेट मिरोन र नेटुआमा प्रहार गरिएका थिए, ती खुला क्षेत्रमा खसे,’ आईडीएफले भन्यो।

इरान समर्थित समूह हिजबुल्लाहले सैन्य लक्ष्यलाई निशाना बनाएर उत्तरी इजरायलमा रकेट प्रहार गरेको बताएको छ।

हिजबुल्लाहले भन्‍यो, ‘हामीले योभ ब्यारेकमा रहेको तोपखाना र मिसाइल बटालियन र किल्लामा रहेको वायु र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको मुख्यालयलाई निशाना बनायौँ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इजरायलले कब्जा गरेको गोलान हाइट्समा रहेका दुई इजरायली सैन्य अड्डालाई पनि निशाना बनाइएको छ।’

यसैबीच आईडीएफले दक्षिणी लेबनानमा आक्रमण भएको पुष्टि गरेको छ। आईडीएफले भनेको छ, ‘हामीले कफर किला क्षेत्रमा हिजबुल्लाह लडाकुलाई निशाना बनायाैँ।’

सोसल मिडिया प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा आईडीएफले भनेको छ, ‘वायु सेनाका लडाकु विमानले दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने धेरै सैन्य भवनमा आक्रमण गरेका छन्।’

अपडेट शृंखला-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .