ad ad

ग्लोबल


इजरायलले लेबनानमा गरेको आक्रमणमा ८ जनाको मृत्यु, ५९ घाइते

इजरायलले लेबनानमा गरेको आक्रमणमा ८ जनाको मृत्यु, ५९ घाइते

इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि


नेपालखबर
असोज ४, २०८१ शुक्रबार २१:४८, काठमाडौँ

लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या आठ पुगेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले लेबनानको राजधानी बेरुतमा भएको आक्रमणमा आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अपडेटमा इजरायली हमलामा ५९ जना घाइते भएको जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनास्थल

दक्षिणी बेरुतको हिज्बुल्लाहको गढ दहिहमा रहेका बीबीसीका ह्युगो बाचेगाले हवाई हमला भएको ठाउँवरपरका क्षेत्रलाई घेराबन्दी गरिएको बताएका छन्।

उनका अनुसार हिजबुल्लाहले यस सम्पूर्ण क्षेत्रमा सुरक्षा बढाएको छ। हिजबुल्लाहका मानिसहरूले पत्रकारहरूलाई घटनास्थलमा जानबाट रोकेका छन्।

यसअघि समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै इजरायली आर्मी रेडियोको रिपोर्टअनुसार इजरायलले बेरुतमा हिजबुल्लाह कमान्डर इब्राहिम अकिललाई लक्ष्य गरी हमला गरेको जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .