ad ad

राजनीति


राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद बैठक बुटवलमा सुरु

राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद बैठक बुटवलमा सुरु

नेपालखबर
असोज ४, २०८१ शुक्रबार २१:४०, काठमाडौँ

राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद बैठक बुटवलमा सुरु भएको छ।

दुई दिनसम्म चल्ने परिषदको शुक्रबार अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरे।

त्यस अवसरमा बोल्दै अध्यक्ष केसीले देशलाई प्रदेश संरचना बोझ दोहोर्याए। उनले खर्चिलो प्रदेश संरचनामा लगानी गर्ने पैसा उद्योगधन्दा, कलकारखाना स्थापना र कृषिमा लगानी गर्नुपर्नेमा जोड दिए।

केसीले राष्ट्रिय जनमोर्चा सुरुदेखि नै संघीयताको विरुद्धमा रहेको भन्दै नेपाली जनताले बल्ल कुरो बुझ्न थालेको दाबी गरे।

उनले राष्ट्रिय जनमोर्चाले अब संघीयताविरुद्ध आन्दोलन छेड्ने उद्घोष पनि गरे।

उनले देशमा भ्रष्टाचारर बढेको, बेरोजगारी बढेर हजारौं युवा विदेशिनुपरेको र दिनानुदिन नेपालीको लास बाकसमा आएको चर्चा गर्दै त्यसतर्फ शासक र सत्तासिन दलहरूको ध्यान नगएको बरु कसरी लुटेर देश खाने भन्नेतर्फ लागेको आरोप लगाए।

केसीले नयाँ युवापिँढी युरोप, अमेरिका, क्यानडा र जापनतिर पलायन भएको र भारतबाट नेपालमा जनसांख्यिक अतिक्रमण बढेको बताए। जनता अब पनि सचेत नभए देशको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा हुनेकेसीको धारणा थियो।

फरक प्रशंगमा केसीले यो सरकारले सहकारी ठहरूलाई कारबाही गर्न नसक्ने ठोकुवा गरे।

‘गणतन्त्र र राष्ट्रियताको रक्षा गारौँ, संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय परिषद बैठक सुरु भएको हो।

कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका नेताहरूले शुभकामना दिएका थिए।

उद्घाटनपछि अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदन पेस भएसँगै छलफल सुरु भएको छ।

उक्त प्रतिवेदनसँगै शनिबार सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, संघर्षसम्बन्धी कार्यक्रम पेस हुने र ती सबै छलफल गरी शनिबार नै पारित गरिने महासचिव मनोज भट्टले जानकारी दिए।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन महासचिव मनोज भट्ट र स्वागत उपाध्यक्ष जनकराज शर्माले गरेका थिए।

राष्ट्रिय परिषदको बैठकले संघीयता तथा भ्रष्टाचारविरुद्ध संघर्षको योजना बनाउनुका साथै संगठन सुदृढीकरणको कार्यक्रम ल्याउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .