ad ad

राजनीति


चार सचिवको सरुवा, को कहाँ?

चार सचिवको सरुवा, को कहाँ?

नेपालखबर
असोज ४, २०८१ शुक्रबार २१:५४, काठमाडौँ

सरकारले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका सचिव सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जा सचिवको जिम्मेवारी दिएको छ। यसअघि उनी जल तथा उर्जा आयोगमा थिए।

पछिल्लो मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

वन तथा वातवरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि विकासमा सरूवा गरिएको छ।

यस्तै कृषि सचिव डा. दीपककुमार खराललाई वन मन्त्रालयको सचिवमा सरूवा गरिएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका गोपालप्रसाद सिग्देललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सारिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .