ad ad

कारोबार


१६ टिपरसहित चालक प्रहरी नियन्त्रणमा

१६ टिपरसहित चालक प्रहरी नियन्त्रणमा

नेपालखबर
असोज २५, २०७६ शनिबार ९:३५,

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीबाट अवैध उत्खनन् गरेको भन्दै जेसिबी, टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।

भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट ठेक्का नै नगरी अवैधरुपमा गिट्टी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा १७ जना चालक, तीन जेसीबी र १६ वटा टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए। उनले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए।

महाकाली नदीको स्रोत बाँडफाँटका विषयमा कञ्चनपुरको भीमदत्त र महाकाली नगरपालिकाबीच किचलो यथावत् छ। दुवै नगरपालिकाले आआफ्नो पायक पर्ने ठाउँबाट नदीजन्य वस्तु उत्खनन् गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .