कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि प्रदेश २ का राजपाका सांसद उपेन्द्र महतोले संसदीय विकास कोषबाट एक करोड रुपैयाँ दिने घोषणा गरेका छन्।
सर्लाही १ ‘क’ बाट निर्वाचित सांसद महतोले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै यस्तो घोषणा गरेका हुन्।
‘कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारद्वारा गठित राहत कोषमा म आफ्नो प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड़ दिने घोषणा गर्दछु,’ उनले लेखेका छन्, ‘यसका लागि प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरिदिन समेत प्रदेश सरकारसँग मेरो अनुरोध छ।’
प्रतिक्रिया