ad ad

समाज


चीनबाट बिहानै नेपाल आइपुग्यो कोरोना रोक्ने १३ टन स्वास्थ्य सामग्री, के-के?

चीनबाट बिहानै नेपाल आइपुग्यो कोरोना रोक्ने १३ टन स्वास्थ्य सामग्री, के-के?

नेपालखबर
चैत १६, २०७६ आइतबार ३:५७,

कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पहिचान तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर चीनबाट उडेकाे नेपाल वायु सेवा निगमकाे जहाज आइतबार बिहानै काठमाडौं ओर्लिएको छ। 

सरकारले खरिद गरेको तथा त्यहाँको प्रान्तीय सरकारले सहयोग गरेको विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज बिहान ५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो।

कोरोना परीक्षण गर्ने किट, स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि पीपीईलगायत १२.६६ टन मेडिकल सामग्री, अन्य वस्तु जहाजमार्फत ल्याइएको नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएकाे छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार एन-९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमुना संकलन गर्ने किटलगायत सामग्री ल्याइएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .