ad ad

समाज


साथी क्यानडा जान नपाओस् भनेर विमानस्थलमा आक्रमणको चेतावनी दिने व्यक्ति पक्राउ

साथी क्यानडा जान नपाओस् भनेर विमानस्थलमा आक्रमणको चेतावनी दिने व्यक्ति पक्राउ

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १२:४६,

तर भारत हैदरावादका एक व्यक्तिले आफ्ना साथी क्यानडा नजाओस् भनेर विमानस्थलमा आक्रमण गर्ने धम्की नै दिएका छन्।

साथी क्यानडा जान लागेको थाहा पाएपछि हैदरावादका एक ईष्र्यालु व्यक्तिले विमानस्थलमा बम आक्रमण गर्ने चेतावनी दिएका हुन्।

भारतीय संचारमाध्यमका अनुसार हैदरावादका कटराजु शाहसिकनाथ आफ्ना साथीले क्यानडाको भिषा पाएपछि निकै दुखित थिए।

उनी दुखी हुनुको कारण थियो उनी ईष्र्यालु थिए। एक दिन साथी क्यानडा उड्ने दिन आयो।

साथीको उडानमा अवरोध खडा गर्न कटराजुले राजीव गान्धी विमानस्थलमा आक्रमणको चेतावनी पठाए।

विमानस्थलमा बम भएको आशंकामा खोज तलास् भयो तर केही भेटिएन। त्यसपछि आक्रणको चेतावनी दिने व्यक्तिको खोजी भयो।

अन्तत कटराजु पक्राउ परे। अनुसन्धानका क्रममा कटराजुले साथी सायराम कलेरु क्यानडा नजाओस् भनेर आफूले त्यस्तो अपवाह फैलाएको खुलाए।

उनले क्यानडेली दूतावासालाई सायरामलाई भिजा नदिन पनि इमेल गरेको खुलेको छ।

यतिबेला सायराम क्यानडामा राम्रो जागिर गरिरहेका छन्। कटराजुलाई भने प्रहरीेले केही दिन जेलमा राखेर छाडेको छ।

आफ्ना साथीको प्रगतिमा ईष्र्या गरेकोभन्दै यतिबेला उनको आलोचना भइरहेको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .