ad ad

खेल


यू–१९ एसिया कपः नेपाल हार्नुका ३ कारण

यू–१९ एसिया कपः नेपाल हार्नुका ३ कारण

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १२:४०,

वर्षाका कारण ४२ ओभरमा घटाइएको खेलमा नेपालले दिएको १ सय ६० रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। 

विस्तृतमा समाचार: नेपाल ५ विकेटले पराजित

नेपाल हार्नुका ३ कारण यस्ता छन्:

ध्वस्त ब्याटिङ
श्रीलंकासँग नेपाल पराजित हुनुको मुख्य कारण नै ब्याटिङ ध्वस्त हुनु हो। नेपालका ७ खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन्।

पवन सर्राफ ४, आसिफ शेख ७, भीम सार्की १, कुशल मल्ल २, कमलसिंह ऐरी, २, सागर ढकाल १ र सुर्या तामाङले १ रनमात्रै बनाए। जसकारण अन्त्यमा नेपाललाई ३०–४० रनको अभाव देखियो।

पवन सर्राफ र आशिफ सेख नेपाली टोलीका सबैभन्दा अनुभवी ब्याट्सम्यान हुन्। उमेरहदका कारण दुवै अन्तिम पटक यू–१९ क्रिकेट समेत खेल्दैछन्। पवनसँग त झन राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभव पनि छ। तर, माथिल्लो क्रमका अनुभवी खेलाडीद्वय पवन र आशिफलाई पहिलो ७ ओभरमै गुमाउनु हारको एक कारण रह्यो।

u 19 team practice

पाँचौं ओभरको चौथो बलमा पवनले दिलसान मादुसान्केको बलमा कमिल मिश्राको हातमा आफ्नो क्याच समाते। १३ बल खेलेका पवनले जम्मा ४ रन जोडे। यस्तै लगत्तै दिलसानले नै आसिफलाई ७ रनमा खेलिरहँदा बोल्ड परे। पवन र आसिफ सुरुमै आउट हुँदा नेपालले रन गति समेत घटेको थियो।

यस्तै प्रशिक्षक विनोद दासले मध्यक्रमका एकअनुभवी खेलाडी सन्दीप जोरालाई बेञ्चमै राखेका थिए। राष्ट्रिय टोलीबाट पनि खेलिसकेका यी खेलाडीको अभाव पनि नेपाली मध्यक्रममा खड्कियो।

साझेदारीको अभाव
साझेदारीले स्कोर अघि बढाउन तथा दबाब घटान मद्दत गर्छ तर नेपाली इनिङ्समा रोहित र रितको ९१ रनको साझेदारीलाई सहयोग पुर्याउने एउटा अर्को साझेदारी भएन्।

रित र रोहितले एकसमय सातौं ओभरमा २४–२ को स्थितिबाट नेपाललाई ३०औं ओभरमा ११५–३ को स्थितिमा पु¥याएका थिए। रित आउट भएसँगै रोहितले अन्यसँग साझेदारी अघि बढाउन सके। न अरु कोही साझेदारी बनाएर अघि बढे।

sajhedariu 19

रोहित र हरिबीच पाँचौ विकेटका लागि २० रनको साझेदारी हुन नपाउँदै रोहित कट एण्ड बोल्ड भए। त्यसको अर्को ५ बलमा नेपालले थप दुई विकेट गुमायो। भीम १ रनमा एलबीडब्लु र हरि १२ रनमा रनआउट भएका थिए।

त्यसपछि न नेपालको साझेदारी भयो न कुनै खेलाडीले लामो समय क्रिजमा टिकेर नै योगदान दिन सके।

बलिङले दबाब श्रृजना गर्न नसक्नु
नेपाली क्रिकेटको मुख्य हतियार बलिङ नै हो। तर नेपाली बलरहरुले श्रीलंकाका ब्याट्सम्यानहरुमाथि दबाबमा राख्न सकेनन्। सुरुदेखि नै प्रत्येक ओभरमा बाउन्ड्री लगाउँदै श्रीलंकन खेलाडीहरुले रनरेट ४ को माथि राख्दै आफूमाथिको दबाब हटाए भने नेपालमाथि दबाब कायम राखे।

sagar dhakal2सागर ढकालले ८ ओभरमा ४८ रन खर्चिएर १ विकेट लिए

तेस्रो विकेटका लागि कमिल मिश्रा र अहन विक्रामानसिन्हेबीचको ६० रनको साझेदारी तथा पाँचौ विकेटका लागि अभिष्का थारिन्दु र निपुर धनन्जयबीच ४० रनको साझेदारीले श्रीलंकाको जितको आधार बनाएको थियो। दुवै साझेदारी तोड्न नेपाली बलरहरुले संघर्ष गर्नुपर्‍यो।

र अन्त्यमा,
एसीसीको तयारीको स्वीकृति ढिला गरि दिएपछि नेपाल त्रिवि मैदानमा १० दिने प्रशिक्षण गर्दै श्रीलंका पुगेको थियो। त्यस्तै श्रीलंकामा स्थानीय ३ वटा क्लबहरुसँग खेल्दै नेपाल यू–१९ एसिया कप खेल्न लागेको हो। श्रीलंकाले भने यसै प्रतियोगिताको तयारीका लागि पाकिस्तानी यू–१९ टोलीसँग ५ खेलको शृंखला खेलेको थियो। यस्तै उनीहरु नियमित प्रशिक्षणमा हुँदा नेपालको त्रिवि मैदानमा भने घाँस काट्ने मेसिन समेत उपलब्ध नहुँदा बेबारिसे अवस्थामा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .