श्रीलंकालाई पराजित गर्दै नेपाली युवा टोलीले भुटानमा जारी साफ यू–१७ च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।
चाङलिमिथाङ रङ्गशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकामाथि ४–० फराकिलो जित निकालेको हो।
नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरे। विज्ञान खड्काले एक गोल गरे।
जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
पहिलो हाफको चौथो मिनेटमा नै सुजनको हेडर गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको १२ औँ मिनेटमा सुजनले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीको अग्रता दोब्बर पारे।
खेलको ३० औँ मिनेटमा सुजनले ह्याट्रिक पूरा गरे।
खेलको ८४ औं मिनेटमा विज्ञानले गोल थप्दै नेपाललाई ४–० को फराकिलो अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले च्याम्पियनसिपमा पहिलो जित निकालेको हो।
नेपाली युवा टोली पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको थियो।
समूहमा बी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानविरुद्ध खेल्नेछ।
Shares
प्रतिक्रिया