न्याय परिषद्को बैठक सकिएको छ। सोमबार दिउँसो ३ बजेदेखि बसेको बैठकमा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी थियो।
यद्यपि, परिषद्का सदस्यहरूबीच कुरा मिल्न नसक्दा आज पनि कुनै निर्णय हुन सकेन।
हिजो आइतबारको बैठकमा थप छलफल गर्नुपर्ने भएको भन्दै आज पनि बैठक निरन्तर गर्ने समझदारी बनेको थियो।
नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको कार्यदल आदिका सुझावलाई समेत आधार मानी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी थियो।
सर्वोच्च बारले सर्वोच्च अदालतमा अविलम्ब न्यायाधीश नियुक्त गर्न ज्ञापनपत्र बुझाएको थियो।
नेपाल बारले उच्च अदालतका न्यायाधीशको वरीयतामा चासो देखाए पनि सर्वोच्चको नियुक्तिका विषयमा कुनै अडान प्रस्तुत गरेको छैन।
Shares
प्रतिक्रिया