ad ad

समाज


संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

नेपालखबर
असोज ७, २०८१ सोमबार १८:१८, काठमाडौँ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार भएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले १० वर्षसम्म आधारभूत कानुन नबनाउने अनि संविधान संशोधन हुनु हुँदैन भन्नेकुरा गलत हुने जिकिर गरे। 

संविधान जतिसुकै राम्रो भयो भएपनि कार्यान्वनय नभए राम्रोका अर्थ नहुने उनको भनाइ थियो।

संघीयताको कार्यान्वयन, क्षत—विक्षत हुन्छ भने वा यसको आधारभुत उद्देश्य हाँसिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार भएको उनले बताए। 

‘संविधान जतिसुकै राम्रो भयो भनेपनि संविधान कार्यान्वनय भएन भने त्यो राम्रोको अर्थ हुँदैन। कार्यान्वयनको चरणमा जहाँसम्म प्रश्न छ, सबैजसो वक्ता मान्यहरुले के भन्नुभयो भने यो कार्यान्वयन भएकै छैन, अल्पकार्यान्वयन भएको छ। कार्यान्वयन नै नभइकन के समीक्षा गर्ने रु भन्ने दृष्टिकोण एउटा हो,’ उनले भने, ‘तर १० वर्ष हुँदासम्म एउटा आधारभुत ऐन बनाउन नसक्ने, जसको कारण संघीयताको कार्यान्वयन, क्षत-विक्षत हुन्छ भने वा यसको आधारभुत उद्देश्य हाँसिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार हो। संविधान किन कार्यान्वयन भएन? भन्नेकुराको जवाफमा संविधान संशोधन हुनेकुरा होइन नि।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमा कुनुकन कुरामा संशोधन गर्नुपर्छ भन्नेकुरा दलका नेताहरुले अघि सार्नुपर्ने जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .