ad ad

कारोबार


राष्ट्र बैंकको सर्कुलरः कर कार्यालयको विवरण हेरेर मात्रै ऋण देऊ

राष्ट्र बैंकको सर्कुलरः कर कार्यालयको विवरण हेरेर मात्रै ऋण देऊ

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १२:४०,

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई बैंकमा पेस गरेको विवरण र कर कार्यालयमा पेस गरेको विवरण दाँजेर मात्रै ऋण दिन सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले दुवै विवरण एकै किमिको मात्रै रहेको खण्डमा मात्रै ऋण जारी गर्न बैंकहरुलाई निर्देशन दिएको हो।

राष्ट्र बैंकको नियमन शाखाले सर्कुलर जारी गर्दै सरकारले आर्थिक वर्षको बजेटमा कर कार्यालय र बैंकमा एकै किसिमको विवरण बुझाउनुपर्ने नियम कार्यान्वयन गर्ने घोषणा गरेको थियो। क, ख र ग वर्गका वित्तीय संस्थाले अनिवार्य निर्देशिकाअनुसार काम गर्नुपर्ने समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।

आन्तरिक राजस्व विभागले बैंक तथा वित्तीय संस्थाका लागि सूचना आदानप्रदान गर्ने एउटा प्रणाली विकास गरेको छ। जसबाट ऋण लिन चाहेको कम्पनी तथा फर्मको विवरण बैंकले प्राप्त गर्नेछ। बैंकबाट ऋण लिन कर कार्यालयको स्वीकृति दिएपछि बैंकले ऋणको जानकारी कर कार्यालयलाई दिनुपर्ने समेत भएको छ।

यो नियम भदौ २५ देखि कडाइका साथ लागू हुने उक्त सर्कुलेसनमा उल्लेख छ।

nrb circular

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .