कैलालीको सीमावर्ती क्षेत्रमा भारतीय गाडीमा नेपाल ल्याउँदै तीन लाख भारतीय र २५ लाख नेपाली रुपैयाँ गरी २९ लाख ८० हजार रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ स्थित कैलाली भन्सार नजिकैबाट भारत पलिया खिरि घर भई धनगढी उपमहानगरपालिका–१ बस्ने वर्ष २५ को अतुल बर्मालाई यूपी ३१एके७३७८ नम्बरको गाडीमा ल्याउँदै गरेको सो रकमसहित प्रहरीले पक्राउ गरेको हो।
बिशेष सुचनाको आधारमा प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले सो कार रोकी चेक जाँच गर्दा चालकको खुट्टा राख्ने स्थानको तल तीन लाख भारतीय रुपैयाँ र सोही गाडीको आगाडीको भागमा बायाँ ढोकामा रहेका नटबोल्ट खोली भित्र २५ लाख नेपाली रुपैयाँ राखेको भेटिएको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया