ad ad

समाज


दुई दिनदेखि बेपत्ता कीर्तिपुरका विनोद खड्गी पाँचखालमा मृत भेटिए

मृत्युको कारण खुल्न बाँकी, अनुसन्धान गर्दै प्रहरी
दुई दिनदेखि बेपत्ता कीर्तिपुरका विनोद खड्गी पाँचखालमा मृत भेटिए

नेपालखबर
असोज ८, २०८१ मंगलबार ९:५, काठमाडौँ

काठमाडौँ कीतिपुरका ५० वर्षीय विनोद खड्गी काभ्रेको पाँचखालमा मृत फेला परेका छन्। 

पाँचखाल नगरपालिका- ८ को ४८ किलो भन्ने ठाउँस्थित अरनिको राजमार्गको सडक छेउको झाडीमा खड्गीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

प्रहरीका अनुसार खड्गीको मृत्युको कारण भने खुलेको छैन। 

सडक छेउको झाडीमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ। 

सुरुमा मृतकको पहिचान नभएको र अनुसन्धान गर्दै जाँदा उक्त शव खड्गीको भएको खुलेको प्रहरीले जनाएको छ।

कीर्तिपुर नगरपालिका- ५ की शान्ति खड्गीको सोमबार उक्त शव आफ्ना पतिको भएको भनेर सनाखत गरेकी छन्। 

खड्गी यही असोज ५ गतेदेखि बेपत्ता थिए। खड्गी बेपत्ता भएपछि उनका आफन्तले खोजीको लागि प्रहरी परिसर काठमाडौँमा हुलियासहित निवेदनसमेत दिएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .