ad ad

समाज


हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी-सिस्नेरी सडक १२ दिनका लागि बन्द

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी-सिस्नेरी सडक १२ दिनका लागि बन्द

नेपालखबर
असोज ८, २०८१ मंगलबार १०:२५, हेटाैँडा

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी सिस्नेरी सडक १२ दिनका लागि बन्द भएको छ। 

आज (मंगलबार) देखि असोज १९ गतेसम्मका लागि सडकमा सवारी आवागमन बन्द गरिएको हो। 

हेटौँडा काठमाडौँ आउजाउ गर्ने दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि  १२ दिन बन्द गर्ने निर्णय गरिएको दक्षिणकाली नगरपालिकाको कार्यलयले जानकारी दिएको छ। 

नगरपालिकाले सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ।

‘उक्त सडकमा कालोपत्रे कार्य अगाडि बढाउनका लागि सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडक खण्डमा गुड्ने सवारी साधनलाई असोज ८ गतेदेखि मिति १९ गतेसम्म रोक लगाइएको जानकारी गराइन्छ,’ दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ। 

सो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडा अन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ। 

बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .