ad ad

समाज


संखुवासभामा दुई भ्यान आपसमा ठोकिँदा ११ जना घाइते

संखुवासभामा दुई भ्यान आपसमा ठोकिँदा ११ जना घाइते

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८१ मंगलबार ९:२८, काठमाडौँ

संखुवासभामा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन्। 

कोसी राजमार्गमा पर्ने संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा सोमबार दुईवटा भ्यान आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी 

खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको को १ ज २३०३ नम्बरको भ्यान र तुम्लिङटारबाट खाँदबारीतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५७८२ नम्बरको भ्यान आपसमा ठोक्किएका हुन्। 

घाइते सबैको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा को १ ज २३०३ नम्बरको मारुती चालक भ्यान भोजपुरको षडानन्द नगरपालिका –८ का २९ वर्षीय रितेश श्रेष्ठ, भोजपुरकै षडानन्द नगपालिका–१२ का २८ वर्षीया मिना तामाङ, ४७ वर्षीय राम बहादुर विश्वकर्मा, ४६ पर्षीया हिरामाया विश्वकर्मा,२८ वर्षीय मोहन तामाङ, षडानन्द –१० का ५० वर्षीय राज कुमार राई घाइते भएका छन्।

त्यसैगरी भोजपुरकै षडानन्द –२ कुदकाउलेका ७० वर्षीय मचिन्द्र विष्ट, संखुवासभाको खाँदबारी नगरपालिका– ३ मानेभञ्याङकी ६८ वर्षीय शान्ति घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए।

त्यसैगरी बा.प्र.०१–०३० च ५७८२ नम्बरको भ्यानमा सवार संखुवासभाको सभापोखरी गाउँपालिका –२ की २८ वर्षीया उर्मिला खनाल र उनका छोरा ५ बर्षीय उशल खनाल घाइते भएका छन्। घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  

प्रहरीले विद्युतीय भ्यान चालक मकालु गाउँपालिका ७ का ४५ वर्षीय लाक्पा गुरुङलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसान्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .