ad ad

समाज


बिहानैदेखि हुन थाल्यो भारी वर्षा

बिहानैदेखि हुन थाल्यो भारी वर्षा

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ८, २०८१ मंगलबार ८:५५, काठमाडौँ

आज बिहानैदेखि देशभरको मौसम बदली (आकाशमा बादल) भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक/दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। 

महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोसी, बागमती र गण्डकी  प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

महाशाखााका अनुसार आज राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस क्रममा राति कोसी, गण्डकी, लुम्बिनी  सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसमविद्का अनुसार आजदेखि मनसुनसँगै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि प्रभाव परेकाले देशभर मौसम बदली र वर्षा बढ्ने भएको हो। 

मौसम महाशाखाले हिजै साँझ विशेष बुलेटिन जारी गरी आजदेखि ५ दिनसम्म देशव्यापी रूपमा मौसम बदली र व्यापक वर्षाको सम्भावना रहेको जानकारी दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .