हङकङ अब्जर्भेटरीले मंगलबार बिहान एम्बर वर्षाको चेतावनी जारी गरेको छ। यो सँगै सहरमा आज भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
अब्जर्भेटरीले बिहान ११:१० को बुलेटिनमा चेतावनी संकेत जारी गर्दै भारी वर्षाको अनुमान गरेको हो।
भारी वर्षा भन्नाले सामान्यतया एक घण्टा ३० मिलिमिटर वा बढी वर्षा भन्ने बुझ्नु पर्दछ।
वर्षासँगै तल्लो तटीय तथा कमजोर ढल भएका क्षेत्रमा बाढी पनि आउने सक्ने बुलेटिनमा भनिएको छ। सम्भावित बाढीबाट बच्न जलाधारबाट टाढा रहन समेत अब्जर्भेटरीले सचेत गराएको छ।
यसैगरी, दिउँसो १२:४० मा अद्यावधिक अब्जर्भेटरीको मौसम सूचनामा सहरमा पानी परिरहेको जनाइएको छ भने तापक्रम २५.८ डिग्री सेल्सियस रहेको छ। आजको न्यूनतम तापक्रम २५ डिग्री र अधिकतम २९ डिग्री सेल्सियससम्म रहनेछ।
39
Shares
प्रतिक्रिया