ad ad

राजनीति


अमेरिकी राजदूत बेरीसँग खनालले भनेः निसर्त सहयोगलाई स्वागत गरिन्छ

अमेरिकी राजदूत बेरीसँग खनालले भनेः निसर्त सहयोगलाई स्वागत गरिन्छ

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ८:४०,

नेपालमा लागि अमेरिकी राजदूत र्‍याडी बेरीले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गर्न पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग आग्रह गरेका छन्।

खनाल निवासमा शुक्रबार राजदूत बेरीले एमसीसीले दुवै देशलाई फाइदा गर्ने बताए।

अमेरिकी उनले पूर्व प्रधानमन्त्री समेत रहेका खनालसँगको भेटमा नेपाल तटस्थ मुलुक भएकाले सो स्ट्राटिजीमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने पनि दोहोर्‍याए।

राजदुत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताउनु भएको वरिष्ठ नेता खनालले जानकारी दिए। त्यस अवसरमा राजदुत बेरीले सो स्ट्राटिजी कुनै सैन्य वा राजनीतिक गतिविधि अघि बढाउनका लागि नभएको पनि स्पष्ट पारेका थिए।

‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै सैन्य संगठन होइन् यो कुनै राजनीतिक मोर्चा पनि होइन,’ अमेरिकी राजुदत बेरीसँगको भेटवार्तालाई उदृृत गर्दै वरिष्ठ नेता खनालले भने, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न बिलकुलै प्रयत्न गरिरहेका छैनौं।’ खनालले विभिन्न देशहरुले अमेरिकाले यस विषयमा सम्झौता गरेको भन्दै त्यस मध्ये नेपाल एउटा भएको ताएका थिए।

यता, वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदुत बेरीलाई दिए।

पूर्व प्रधानमन्त्री खनालले अमेरिकाको निर्सत सहयोगलाई स्वागत गरिने र यसबाट नेपालको विकासको लागि फाइदा पुग्ने बताए।

राजदुत बेरीसँग दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउने विषयमा पनि छलफल गरिएको वरिष्ठ नेता खनालले बताए। नेपालमा चिनियाँ गतिविधि बढदै गईरहँदा अमेरिकी राजदुत बेरीले तीव्रता दिनु भएको राजनीतिक भेटवार्तालाई रुचिपूर्वक हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .