ad ad

राजनीति


संसदीय समितिद्वारा कोरला नाकाको अनुगमन

संसदीय समितिद्वारा कोरला नाकाको अनुगमन

नेपालखबर
असोज १३, २०७६ सोमबार १३:९,

गण्डकी प्रदेशको राजधानी पोखरामा कोरला नाकाबारे वृहत छलफल भएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काको अगुवाईमा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहितको उपस्थितीमा वृहत अन्तरक्रिया गरिएको हो। 

विकास समिति सभापति खड्काको नेतृत्वमा संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौंदेखि मुग्लिन हुँदै पोखरा–बेनी–जोमसोम–कोरला सडकको स्थलगत अनुगमन समेत गरेको छ। अनुगमनमा देखिएका समस्याहरुको निराकरणका उपायबारे अन्तरक्रिया गरिएको हो। कार्यक्रममा सभापति खड्काले देशको अर्थतन्त्र र विकासको मेरुदण्डका रुपमा रहेको बेनी–जोमसोम–कोरला सडकको निर्माण द्रुतगतिमा गरिनुपर्नेमा जोड दिईन्। उनले नेपाल चीन व्यापार र देशको पर्यटन प्रवद्र्धनमा समेत सो सडक महत्वपुर्ण रहेकाले चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिईन्।

korala naka3

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले कोरला नाका पुग्ने सडक नै प्रदेशको मेरुदण्ड भएको बताए । उनले कोरला नाका पुग्ने सडक पूर्वाधार जति चाँडो निर्माण भयो त्यति नै चाँडो गण्डकी प्रदेशको समृद्धि सम्भव हुने पनि बताए।

उनले सडक पूर्वाधारसँगै नाकामा भन्सार, सुरक्षा चेकजाँच लगायतका संरचना निर्माणमा समेत तदारुकता देखाउनुपर्ने बताए। उनले सडक र अन्य पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारले सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। नेपाल भ्रमण वर्ष अगावै सो सडक निर्माण सम्पन्न गराउने उदेश्यसहित विकास तथा प्रविधि समितिले सडक अनुगमन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .