काठमाडौं महानगरपालिकाले सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका जग्गाको बालीनालीको क्षतिपुर्ती दिने भएको छ।
सोमबार महनगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका प्रभावित जग्गाको बाली क्षतिपूर्ति दिने निर्णय गरेको हाे।
बैठकले सिसडोल ल्याण्डफिल्ड साइटमा कार्यरत ९ जना सहायक स्तरका कर्मचारीसहित महानगरमा कार्यरत, बिषयगत कार्यालयबाट आएका र सामाजिक परिचालकको करार नविकरण पनि गरेको छ।
यस्तै बैठकले सहरी योजना आयोगका सदस्यहरुको नियुक्तिलाई अनुमोदन गरेको छ। सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐनबमोजिम प्रमुखले नियुक्त गरेका आयोगका सदस्यहरुको नियुक्ति कार्यपालिका बैठकबाट अनुमोदन गराउनु पर्ने व्यवस्था छ।
प्रतिक्रिया