ad ad

समाज


डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

नेपालखबर
असोज १३, २०७६ सोमबार १३:२३,

महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी नेपाल नं ९ गण हेक्वा महोत्तरी, जलसागरका सशस्त्र प्रहरी उपरीक्षक मिरकृष्ण अधिकारीका अनुसार एक किलो ४०३ ग्राम चाँदीसहित दुई जना भारतीय युवकलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको यदुपट्टी ग्राम पञ्चायत बस्ने २१ वर्षीय रोहित साह र २२ वर्षीय सुनिल ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए। बीआर–३०एम–७९९० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी बोकी मटिहानीबाट जलेश्वर आउँदै गरेका दुवै भारतीय युवकलाई शंका लागि सशस्त्र प्रहरीले हेक्वा जलसागर अगाडि नै जाँच गर्दा उनीहरु चाँदीसहित पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए।

उनीहरुले सो चाँदी नेपाल–भारत तस्करी गर्न लागिएको आशङ्का गरिएको छ भने चाँदीसहित पक्राउ परेका दुवै भारतीय युवकलाई चाँदी र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .