प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित भएका छन्।
यसअघि विश्व प्रेस काउन्सिलको उपाध्यक्ष रहेका श्रेष्ठ अजरबैजानमा शुक्रवार सम्पन्न सम्मेलनबाट महासचिवमा निर्वाचित भएका हुन्।
महासचिवमा निर्वाचित भएपछि श्रेष्ठले फेसबुकमा लेखेका छन्ः
‘यो ठाउँसम्म पुर्याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी, शुभेच्छुकमा धन्यवाद! यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो! सबैमा बधाइ,सबैमा शुभकामना!
प्रतिक्रिया