ad ad

राजनीति


२० वामपन्थी दल तथा संगठनले बृहत अन्तरक्रिया गर्ने

२० वामपन्थी दल तथा संगठनले बृहत अन्तरक्रिया गर्ने

नेपालखबर
असोज १५, २०७७ बिहिबार १२:५५,

नेकपा (मसाल), क्रान्तिकारी माओवादीसहितका २० राजनीतिक पार्टी तथा संगठनहरुले समसामयिक विषयमा अन्तरक्रिया गर्ने भएका छन् ।

शनिबार भर्चुअल माध्यमबाट सो कार्यक्रम आयोजना गर्न लागिएको अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले जानकारी दिए।

बिहीबार बसेको आयोजकको बैठकले ‘देशमा उत्पन्न समस्या र तिनको निकास’ विषयमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

२० संगठनको कार्यगत एकताको तर्फबाट सीपी गजुरेलले प्रेशित गरेको विज्ञप्तिमा मुलुकमा पछिल्लो समयमा देखिएको विकराल समस्याको समाधानका लागि समग्र पत्रकार, वुद्धिजीवि, समाजका सबै परिवर्तन पक्षधरहरुलाई उक्त कार्यक्रमको जुममा जोडिएर संघर्षमा योगदान पुर्‍याउन आह्वान गरिएको छ।

साे समूहमा नेकपा(मसाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एम्सीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा(माक्र्सवादी) र नेकपा माक्र्सवादी (पुष्पलाल) रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .