ad ad

समाज


पानीमा तैरिएको अवस्थामा छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव भेटियो

पानीमा तैरिएको अवस्थामा छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव भेटियो

नेपालखबर
असोज १५, २०७७ बिहिबार १३:१,

बाँकेमा राप्ती नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

बिहीबार सशस्त्र प्रहरी टोलीले राप्ती सोनारी गाउँपालिका २ टिकुलिपुरस्थित नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको हो।

एपीएफका अनुसार मृत भेटिएका व्यक्ति सोही गाउँपालिका ५ बस्ने ३३ वर्षीय कबिराज थारु रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट खटिएको एपीएफ टोलीले उनको शव उक्त नदीबाट बाहिर निकालेको हो।

 यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ४ धनुषा सागर पनि एक पुरुषको शव फेला परेको छ।

नाम वतन नखुलेका अन्दाजी ४५ वर्षिय पुरुष व्यक्ति उक्त सागरमा असोज १४ गते डुबेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खोजी तथा उद्वार कार्यको लागि खटिएको टोलीले उक्त शव पानीमा तैरिएको अवस्थामा फेला पारी बाहिर निकालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .