भारतको सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित आईपीएस अधिकारीहरूको लागि आधारभूत प्रशिक्षण पाठ्यक्रम तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन्।
मल्ललाई पिटीको लागि सर्वश्रेष्ठ जेन्टलम्यान प्रोबेशनर पुरस्कारद्वारा पुरस्कृत गरिएको हो।
सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो।
36
Shares
प्रतिक्रिया