ad ad

समाज


अमेरिकी सेनासँग नेपाली सेनाको संयुक्त अभ्यास (तस्बिरहरू)

अमेरिकी सेनासँग नेपाली सेनाको संयुक्त अभ्यास (तस्बिरहरू)

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १८:२२, काठमाडौँ

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल २४’ सम्पन्न भएको छ।

भदौ ३० गतेदेखि काठमाडौँ, मकवानपुर र धादिङमा संयुक्त अभ्यास सञ्चालन भएको थियो।

नेपाली सेनासँगको अभ्यासका लागि अमेरिकी सेना भदौ २८ गते नेपाल आएको थियो।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अभ्यासका क्रममा खोज र उद्धार कार्य गर्न अमेरिकी वायुसेनाले विशेष रूपमा परिमार्जित गरेको विमान ‘एचसी–१३०जे कम्ब्याट किङ’बाट नेपाली सेनाले तालिम लिएको छ।

यो विमानलाई अमेरिकी सेनाले खोज तथा उद्धार र लडाइँमा खोजका लागि प्रयोग गर्ने गरेको छ। प्रतिघण्टा ५३७ किलोमिटरको गतिमा कुद्ने यो विमानले एक पटक इन्धन भरेपछि ८ हजार ३ सय ३४ किलोमिटरको दुरी पार गर्न सक्छ।

प्यासिफिक एन्जल अमेरिकी सेनाले हिन्द–प्रशान्त क्षेत्रका देशहरुमा नियमित रुपमा संचालन गर्दै आएको सैन्य अभ्यास हो। यसको उदेश्य मानवीय सहायता र विपद् व्यवस्थापनमा क्षमता बढाउनु रहेको अमेरिकी सेनाको भनाइ छ।

‘प्यासिफिक एन्जल २४’ अघिल्लो महिनादेखि सुरू भएको हो। हालसम्म पपुवान्युगेनी र भियतनाममा यो अभ्यास भइसकेको छ।

नेपालमा सन् २०१२ देखि यो सैन्य अभ्यास नियमितरुपमा हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .