बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
राप्तीसोनारी-४ बैजापुरका शिक्षक शिक्षक अजय थारूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा बुधबार राति दुई मोटरसाइकल आपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका राप्तीसोनारी- ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नम्बर ३ निवासी १९ वर्षीय वसन्त थारुको त्यबेलै मृत्यु भएको थियो। मृतक रामशरण शिक्षक हुन्।
रामशरणले चलाएको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवैजना गम्भीर घाइते भएका थिए।
दुवैको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका- ४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु गम्भीर घाइते भएका थिए।
घाइते दुवैको अवस्था चिन्ताजनक रहेको र उनीहरुको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया