ad ad

समाज


लागु औषधसहित चन्द्रागिरिबाट ३३ वर्षीय युवक पक्राउ

लागु औषधसहित चन्द्रागिरिबाट ३३ वर्षीय युवक पक्राउ

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १३:१, काठमाडौँ

लागु औषधसहित काठमाडौँको चन्द्रगिरिबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

चन्द्रागिरि नगरपालिका- २ नागढुंगास्थित चेक प्वाइन्टबाट प्रहरीले पर्साका ३३ वर्षीय  विनोद धामी थारुलाई पक्राउ गरेको हो। 

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१।००६ स्व ३१३९ नम्बरको बसमा सवार थारुलाई प्रहरी प्रभाग नागढु‌ङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। 

थारुले लगाएको जिन्स पाइन्टको भित्रबाट २० पत्ता नाइट्राभेट १० (५९८ ट्याबलेट) बरामद गरिएको प्रहरीले जनाएको छ। 

उनलाई प्रहरी बृत्त थानकोटको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .