ad ad

ग्लोबल


इजरायली आक्रमण रोक्न लेबनानका प्रधानमन्त्रीले गुहारे राष्ट्रसंघ

इजरायली आक्रमण रोक्न लेबनानका प्रधानमन्त्रीले गुहारे राष्ट्रसंघ

लेबनानका प्रधानमन्त्री नाजिब मिकाती


नेपालखबर
असोज ३, २०८१ बिहिबार २२:०, काठमाडौँ

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले संयुक्त राष्ट्र संघलाई इजरायलविरुद्ध "कडा अडान लिन" आह्वान गरेका छन्।

धेरै रिपोर्टमा यस हप्ता लेबनानमा भएका सञ्चार उपकरण (पेजर र वाकी-टकी) विस्फोटमा इजरायलको जासुसी एजेन्सी मोसादको हात रहेको बताइएको छ। 

यसपछि लेबनानका प्रधानमन्त्री मिकातीको यस्तो भनाइ आएको हो। 

लेबनानी प्रधानमन्त्री मिकातीले विज्ञप्तिमा भनेका छन्, ‘इजरायलको आक्रमण रोक्नु लेबनानको हितमा मात्र होइन, सम्पूर्ण मानवताकै हितमा पनि हो।’

मिकातीले इजरायलले प्राविधिक युद्ध गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार बस्ने संयुक्त राष्ट्र संघको बैठकअघि उनको यस्तो टिप्पणी आएको हो।

बैठकमा लेबनानमा भएका बम विस्फोटका विषयमा छलफल गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .