ad ad

खेल


२ करोड १० लाख युरोमा सर्जिनो डेस्ट बार्सिलोनामा अनुबन्ध

२ करोड १० लाख युरोमा सर्जिनो डेस्ट बार्सिलोनामा अनुबन्ध

नेपालखबर
असोज १५, २०७७ बिहिबार १२:५३,

बार्सिलोनाले डच क्लब आयाक्सका खेलाडी सर्जिनो डेस्टलाई भित्र्याएको छ।

१९ वर्षे अमेरिकी राइट ब्याक टेस्टलाई बार्सिलोनाले करिब २ करोड १० लाख युरोमा किनेको हो। उनलाई जर्मन क्लब बायर्न म्युनिखले पनि किन्न खोजेको थियो।

डेस्टले बार्सिलोनासँग पाँच वर्षका लागि सम्झौता गरेका छन्।

पछिल्लो समय बार्सिलोना खराब प्रदर्शन र व्यवस्थापकीय गञ्जागोलबाट गुज्रिरहेको छ। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले प्रदर्शन सुधार्ने प्रयत्न गरिरहेका छन्।

बार्सिलोनाले हालै लुइस स्वारेज, इभान राकिटिच र नेल्सन सेमेडोलाई बेचेको छ।

डेस्टले बार्सिलोनामा २ नम्बरको जर्सी लगाउनेछन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .