ad ad

राजनीति


पार्टी महासचिव पौडेललाई साथमा लिएर प्रधानमन्त्री ओली पुगे वामदेव निवास

पार्टी महासचिव पौडेललाई साथमा लिएर प्रधानमन्त्री ओली पुगे वामदेव निवास

नेपालखबर
साउन १३, २०७७ मंगलबार १४:२९,

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी महासचिव विष्णु पौडेल पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास पुगेका छन्।

पार्टीमा संकटमा परेका प्रधानमन्त्री ओली उनको समर्थन खोज्दै गौतमकै निवास पुगेका हुन्।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार ओली साँझ सातबजे गौतम निवास पुगेका हुन्।

नेकपाको मंगलबारका लागि तय भएको बैठक ओलीले आधा घण्टाअघि एकतर्फी रुपमा स्थगित गरेका थिए।

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षीय नेताहरु बालुवाटारमै गई बहुमत स्थायी समिति सदस्यहरुको बैठक प्रचण्डको अध्यक्षतामा बसेका थिए।

आफूले बैठक स्थगित गर्दागर्दै बालुवाटारमै बहुमत सदस्यको बैठक राखेपछि तीब्र दबाबमा परेका ओली गौतमको साथ खोज्दै उनकै निवास पुगेका हुन्।

आज उपाध्यक्ष बामेदव गौतमले सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। जसमा ओलीलाई अहिलेको प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री बनाउने र महाधिवेशनसम्म पार्टी अध्यक्षबाट नहटाउने प्रस्ताव गरेका छन्।

तर उनले पार्टी सञ्चालनतर्फ कार्यकारी प्रचण्डलाई एकता महाधिवेसनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहितको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्।

उपाध्यक्ष गौतमको सो प्रस्तावालाई ओली पक्षले भने सकारात्मक रुपमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .