ad ad

कला


‘आत्महत्या दुरुत्साहन’ आराेपमा सुशान्तकी प्रेमिका रिहाविरुद्ध एफआरआई दर्ता

‘आत्महत्या दुरुत्साहन’ आराेपमा सुशान्तकी प्रेमिका रिहाविरुद्ध एफआरआई दर्ता

नेपालखबर
साउन १३, २०७७ मंगलबार १४:३३,

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा उनकी प्रेमिका रिहा चक्रवर्ती विरुद्ध प्रहरीमा उजुरी परेको छ।

बीबीसी हिन्दिका अनुसार चक्रवर्ती विरुद्ध पटनाको राजिवनगर थानामा एफआरआई दर्ता गरिएको हो। राजीव नगर थानाका प्रहरी प्रमुख योगेन्द्र रविदासले सुशान्त सिंहका बुवा केके सिंहले रिहाका विरुद्ध एफआईआर दर्ता गरेको पुष्टि गरेका बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार रिहाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको उजुरीमा उल्लेख छ। घटनाबारे थप बुझ्न प्रहरीको एउटा टिम पटनाबाट मुम्बई गएको छ।

गत जुन १४ का दिन सुशान्त सिंह आफ्नो बान्द्रास्थित घरमा मृत भेटिएका थिए। प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएपनि परिवारका सदस्यले यो हत्या भएको दाबी गरेका छन्।

सुशान्त सिंहकी प्रेमिकाले उनीसँगको यस्तो तस्बिर सार्वजनिक गरिन्, जुन भाइरल भइरहेको छ

सुशान्तकाे मृत्यु भएकाे एक महिना पछि रिहाले दुवै जना सँगै भएकाे एउटा फाेटाे इन्टाग्राममा पाेष्ट गरेकी थिइन्, जुन भाइरल बनेकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .