ad ad

कला


उपासना र धिरज अभिनित ‘खुस्मा’ को सुखद ओपनिङ

उपासना र धिरज अभिनित ‘खुस्मा’ को सुखद ओपनिङ

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १३:३३, काठमाडौँ

संविधान दिवसको अवसरमा प्रदर्शन भएको फिल्म ‘खुस्मा’ ले सुखद ओपनिङ गरेको छ। बिहानी सोबाटै हाउसफूल देखिएको फिल्मलाई दर्शकको राम्रो साथ मिलेको हो। 

हाउसफूल सुरुवात गरेपछि बिहानै मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए। बिहानी सोमा देशका विभिन्न शहरका केही मल्टीप्लेक्स हलबाट हाउसफूल व्यापारको सुरुवात गरेको वितरक गोविन्द शाहीले बताए।

दिउँसो अधिकांश सोमा ६० देखि ८० प्रतिशत माथि अकुपेन्सी रहेको भएपनि त्यसमध्येका धेरै सोहरु हाउसफूल शाहीले बताए। साँझ र रातिका सो समेत भरिभराउ रहेको वितरक शाहीको दाबी छ।

काठमाडौँ उपत्यका र मोफसफका ठुला सहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी नेपालका धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोड लगायतका सहरमा दर्शकको चाप रहेको निर्देशक तथा निर्माता अशोक थापा मगरले बताए। 

कथावस्तु र कलाकारहरुको अभिनयको राम्रो चर्चा हुँदा आज शोको संख्यामा वृद्धि भएको छ। शुक्रबारका तीन सय शोको हाराहारीमा यो फिल्म प्रदर्शन भइरहेको छ। 

दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथले फिल्मको शनिबारको व्यापार आक्रामक हुने वितरक शाहीको विश्वास छ। 

‘हिजो दर्शकहरुको एकदमै राम्रो उपस्थिति रह्यो। वर्ड अफ माउथ पनि बलियो छ। आज फिल्मको शो बढेको छ। भोलि बिदा भएकाले फिल्मलाई फाइदा पुग्छ,’उनले भने। 

फिल्मको प्रचार सामाग्री ‘रुकुम मैकोट’ गीत र टिजर तथा ट्रेलरले दर्शकमाझ बनाएको हाइप बढाएको थियो।

यो गीत अहिले पनि युट्युब ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको शिर्ष स्थानमा छ। योसँगै सिनेमाका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले रुचाएका छन् । 

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन्। उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो। 

फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका अभिनय छ। मगर समुदायको परिवेशमा निर्माण भएको यस फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .