त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी छन्।
त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले डा. शाहलाई डिनमा नियुक्त गरेको हो।
प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको सर्च कमिटीले प्राडा शाहसहित प्राडा प्रदीप वैद्य र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।
डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन्।
जेठ २२ मा प्राडा जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो।
प्रतिक्रिया