ad ad

राजनीति


विदेशबाट नेपाली फर्काउने उच्चस्तरीय समितिको निर्णयः को को पर्छन् प्राथमिकतामा? (भिडियाे)

विदेशबाट नेपाली फर्काउने उच्चस्तरीय समितिको निर्णयः को को पर्छन् प्राथमिकतामा? (भिडियाे)

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १२:१९,

सरकारको उच्चस्तरीय समितिले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित गरेको छ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले केही दिनभित्रमै समयतालिका तयार गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

सरकारले विदेशबाट फर्काउने नेपालीको प्राथमिकता अनुसारको सूची तयार पार्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएको छ।

सम्बन्धित देशका दूतावासमार्फत् परराष्ट्रले ती देशबाट फर्काउनै पर्ने नेपालीको तथ्यांक संकलन गर्नेछ।

यस्तै पर्यटन मन्त्रालयले उनीहरुलाई फर्काउनका लागि आवश्यक विमानको व्यवस्था गर्नेछ। नेपाली फर्काउँदा आफ्नै देशका विमान कम्पनीलाई प्राथमिकतामा राखिएको छ।

निर्णय सार्वजनिक गर्दै सचिव बिडारीले भने, ‘त्यसमा नेपाल एयरलाइन्सले पहिलो प्राथमिकता पाउँछ, त्यसले नभ्याएका नेपालमै रहेका अरु कम्पनीका विमान प्रयोग गरिन्छ र त्यसपछि अन्य देशका विमान चार्टर गरेर फर्काइने छ।’

फर्किनेले सम्बन्धित देशका दूतावासमा आवेदन दिनुपर्नेछ। फर्काउने प्राथमिकतामा को पर्छन् भन्ने सरकारले कार्ययोजना बनाएको छ।

सरकारको कार्ययोजना अनुसार सम्बन्धित देशमा आममाफी पाएर घरफिर्ती केन्द्रमा रहेका नेपालीहरु पहिलो प्राथमिकतामा परेका छन्।

नेपाल फर्किन अनुमति पाइसकेका, अन्य कुनै कारणले बहिरगमन भिसा पाइसकेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने व्यक्तिहरुलाई पनि पहिलो चरणमा फर्काउने सरकारको तयारी छ।

यस्तै करार अवधि सकिएका र रोजगारी गुमाएका व्यक्तिहरु, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु पनि घर फर्काउने प्राथमिकतामा छन्।

सरकारी सेवामा रहेका र विदेश अध्ययन वा तालिमका लागि गएर फर्किन नपाएका, अध्ययन सकिएका विद्यार्थीहरु, कलेज बन्द भएका विद्यार्थीहरु, पारिवारिक भेटघाटमा गएर फर्किन नपाएका व्यक्तिहरुलाई तत्काल फर्काउने उच्चस्तरीय समितिले निर्णय गरेको छ।

कम्पनीबाट रोजगारीसहित अनिवार्य बिदामा रहेका व्यक्तिहरु, अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने र नेपाल आउनुपर्ने अवस्थाका व्यक्तिहरु, पर्यटन र व्यवसायीक भिसामा गइ बाहिर रोकिएका व्यक्तिहरुलाई पनि नेपाल फर्काउने प्राथमिकतामा सरकारले राखेको छ।

उनीहरुलाई कहिलेबाट फर्काउने भन्ने अन्तिम तालिका बनाउने पनि सरकारको तयारी छ।

भिडियाे : 

याे पनि: 
सरकारले तोक्यो भारतबाट प्रवेश गर्ने बिन्दूहरु, कुन कुन हुन् २० नाका? (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .