ad ad

राजनीति


स्वास्थ्यमन्त्रीलाई सांसदहरुको सुझावः एक पालिका एक अस्पताल अनिवार्य गराै‌ं

स्वास्थ्यमन्त्रीलाई सांसदहरुको सुझावः एक पालिका एक अस्पताल अनिवार्य गराै‌ं

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १६:१५,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरूसँग सुझाव लिएका छन्।

यसअघिका स्वास्थ्यमन्त्रीले भन्दा पृथक ढंगलले मन्त्री ढकालले सोमबारबाट प्रतिनिधसभाका सदस्यहरूसँग स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषय जनताको तर्फबाट निर्वा्चित भएका दशैभरका प्रतिनिधिसँग सुझाव लिन सुरू गरेका हुन्। मन्त्री ढकालले बुधबारमात्रै चार प्रदेशका सांसदहरूसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिए। उनले सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग सोमबार सुझाव लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधव प्रसाद तिवारीले जानकारी दिए।

मन्त्री ढकालले चारै प्रदेशका प्रतिनिधि सभाका सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरी सुझाव लिएका हुन्। मन्त्री ढकालले सांसदहरूको अपनत्व बढाउन र सबै प्रतिनिधिको सुझाव समेट्नका लागि छलफल गरेर सुझाव संकलन गरेको बताए। उनले स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सबैको सुझाव मार्गदर्शक बन्ने भन्दै सुझावका लागि सांसदहरूलाइ धन्यवाद समेत दिएका छन्। मंगलबार बागमती प्रदेश भित्रका प्रतिनिधिसभाका सदस्यहरूसँग सुझाव लिने कार्यक्रम रहेको छ।

सुझावका क्रममा सांसदहरूले भएका अस्पतालहरूको स्तरोन्ती गर्न सुझाव दिएका छन्। त्यस्तै जनशक्तिको व्यवस्थापनमा ध्यान दिँदै एक पालिका एक अस्पतालको नीति कडाइका साथ लागू गर्न सुझाव दिएका छन्। सुझावका लागि राष्ट्रियसभामा सत्तापक्षका नेता दिनानाथ शर्मा, उद्योगमन्त्री लेखराज भट्ट र वनमन्त्री शक्ति बस्नेतलेसमेत मन्त्रालयमै उपस्थित भएर सुझाव दिएका थिए।

सुझाव दिँदै वनमन्त्री शक्ति बस्नेतले स्वास्थ्य बीमा अनिवार्य सहभागी हुने बाध्यात्मक प्रावधान ल्याउन अनुरोध गरे। उनले गरिबका रेखामुनी रहेका जनताको हकमा कसरी सहभागी गराउने भन्ने विषयमा पनि सोचिनु पर्ने बताए। त्यस्तै कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद दीपक भट्टले सबै प्रदेशमा कम्तिमा एउटा ट्रमा सेन्टर स्थापना गर्न अनुरोध गरे।

राष्ट्रियसभामा सत्तापक्षका सचेतक समेत रहनु भएका सांसद खिमलला भट्टराइले कोरोना रोगले स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका निम्ति एउटा अवसर समेत प्रदान गरेको भन्दै चुनौतिका बीचमा दीर्घकालीन सोच राखेर कामा गर्नुपर्ने बताए। उनले पहिलो कोरोना संक्रमितको प्रयोगशाला पुष्टिका लागि हङकङ पठाउन परेको सम्झँदै यही बीचमा स्वास्थ्य मन्त्रीले कुशलता पूर्वक सबै प्रदेशमा केन्द्रीय प्रयोगशालाको क्षमताकै ल्याबहरू विस्तार गरेको भन्दै मन्त्रालयलाइ धन्यवाद दिए।

सांसद हरि अधिकारीले कोरोना रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमित स्रोत र साधनका बीचमा अदभूत काम गरेको भन्दै अब वस्तुगत स्वास्थ्य नीति तयार गरेर काम गर्नुपर्ने बताए। उनले नयाँ अस्पतालहरू बनाउँदा वस्तीभन्दा पर बनाउनुपर्ने भन्दै बढी औषधि उद्योगहरूको स्थापनाका लागि अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .