ad ad

समाज


नेपालगन्ज निषेधित क्षेत्र घोषणा, तीन दिन कोही पनि घरबाट निस्कन नपाउने

नेपालगन्ज निषेधित क्षेत्र घोषणा, तीन दिन कोही पनि घरबाट निस्कन नपाउने

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १६:१६,

एकै दिन १५ जना कोरोना संक्रमित देखापरेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जसअन्तर्गत भोलि मंगलबार बिहान ११ बजेदेखि बिहीबार मध्यरातिसम्म कोही पनि घरबाट निस्कन पाउने छैनन्। 

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले आज सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।

‘भोलि बिहान ११ बजेदेखि तीन दिन बिहीबार मध्यरातिसम्म कोही पनि घरबाट निस्कन नपाउने गरी नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ,’ सोमबार राति टेलिफोनमा प्रमुख जिल्ला अधिकारी खड्काले नेपालखबरसँग भने, ‘कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेका हौं।’

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वाब संकलन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको हाे

नेपालगन्जमा आइतबार मात्रै १५ जनामा कोरोना संक्रमण देखिएकाे हाे। यसअघि शुक्रबार १ जना गरी नेपालगन्जमा मात्रै १६ संक्रमित फेला परेपछि त्यहाँ उच्च सतर्कता अपनाइएकाे हाे। 

याे पनि: 

नेपालगन्जमा व्यापक संक्रमण देखिएपछि देशभर बनाइयो लकडाउन अझ कडा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .