ad ad

राजनीति


प्रचण्डले भेटेलगत्तै नेपालले पनि भेटे प्रधानमन्त्री ओलीलाई

प्रचण्डले भेटेलगत्तै नेपालले पनि भेटे प्रधानमन्त्री ओलीलाई

नेपालखबर
चैत १, २०७६ शनिबार १२:५८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाट गरेका छन्।

शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेलगत्तै नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि १० दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएका थिए। उनी अहिले बालुवाटारमै स्वास्थ्य लाभ गरिरहेका छन्।

 शनिबार दिउँसो बालुवाटार पुगेका नेता नेपालले पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

‘वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीज्यूलाई भेटेर पूर्ण स्वास्थ्यलाभको शुभकामना दिनुभएको छ।’ रिमालले भने । उनीले प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच भएको अन्य कुराकानीबारे आफू जानकार नभएको बताए।

अस्पताल नेताहरुले भेटघाट गर्न नपाए पनि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्रीसँग शुक्रबारनै आफ्नो सचिवालयका सदस्हरुले भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .