धनुषामा घरेलु मदिरा सेवनबाट १५ जनाको मृत्युपछि प्रहरी मदिरा उत्पादन गर्ने भट्टी तथा उत्पादित मदिरा नष्ट गर्ने अभियान थालेको छ।
शनिबार बिहानैदेखि थालेको अभियानअन्तर्गत अपराहन्नसम्म ७ वटा मदिरा उत्पादन गर्ने भट्टी र हजारौं लिटर कच्चापदार्थ नष्ट गरेको छ ।
४ हजार लिटर मदिरा तयार पार्ने कच्चापदार्थ, ८ सय लिटर तयारी मदिरा र ६८ वटा मदिरा बनाउने भाँडाकुँडा नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीले गाउँ–गाउँमा रहेको घरेलु मदिरा भट्टी खोजेर तिव्र रुपमा नष्ट पार्ने अभियान थालेको हो।
दुईसाता यता शनिबारसम्म धनुषामा मदिरा सेवनबाट १५ जनाको मृत्युु भएको छ। जसमा बुधबार यता मात्रै ११ जनाको मृत्युुभएको छ भने झण्डै एक दर्जन सिकिस्त बिरामी छन्।
3
Shares
प्रतिक्रिया