उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।
सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ। आप मंगलबार दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो।
आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो। दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो।
यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए।
शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन। रासस/एएनआई
प्रतिक्रिया