ad ad

राजनीति


पर्यटनमन्त्री भट्टराईले भने : मझगाउँ विमानस्थल पुनः सञ्चालनमा आउँछ

पर्यटनमन्त्री भट्टराईले भने : मझगाउँ विमानस्थल पुनः सञ्चालनमा आउँछ

गोकुल जोशी
माघ २५, २०७६ शनिबार ७:३२,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईल दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन हुने बताएका छन्।

शनिवार भीमदत्त नगरपालिकाले आयोजना गरेको ‘विमानस्थल सम्बन्धमा छलफल’ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विमानस्थल पुनः सञ्चालन हुने बताएका हुन्।

‘सरकारले विगतमा सञ्चालन भएका विमानस्थल जो हाल बन्द रहेका छन्, ती विमानस्थल पुनः सञ्चालन गर्ने नीति लिएको छ, सोही नीति अन्तर्गत मझगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने छ’, उनले भने, ‘त्यसका लागि केही पूर्व तयारी गर्नुपर्छ, प्रावधिक दृष्टिबाट अन्तर्राष्ट्रिय मापदण्ड समेत समावेश गर्नुपर्छ।’ उनले सबै मापदण्ड पूरा गर्दा केही समय लाग्न सक्ने बताए।

विमानस्थलका लागि अपुग जमिन अधिग्रहण गर्ने तयारीमा सरकार रहेको उनले बताए। विमानस्थल सञ्चालन संघीय सरकार अन्तर्गत रहेको बताउँदै मन्त्री भट्टराईले यसमा तीनै तहका सरकारको सहभागिता हुनुपर्ने नीति सरकारले लिएको बताए। ‘विमानस्थल पुनःसञ्चालनका लागि यहाँका जनप्रतिनिधि, संघर्ष समिति तथा राजनीतिक दहरुले ठूलो उत्सुक्ता देखाएका छन्, विमानस्थल निर्माण तथा सञ्चालनमा तीनै तहको सहभागिता गराउने नीति अन्तर्गत यहाँ स्थानीय तहले केही बजेट पनि बिनियोजन गरेका छन्’, उनले भने, ‘यसरी तीनै तहका सरकारको साझेदारीमा सञ्चालन गर्दा त्यसको व्यवसायिक फाइदा बाँडफाँट गर्न सक्छौँ।’

मन्त्री भट्टराईले विमानस्थल आत्मनिरभर हुनुपर्ने नीति सरकारले अगाडि सारेको बताए। ‘विमानस्थल बनाइ सकेपछि त्यहाँ पर्याप्त मात्रामा उडान हुनुपर्छ, व्यवसायिक कामहरु हुनुपर्छ, आत्मनिरभर हुनुपर्छ । जसले गर्दा कर्मचारीहरुलाई केन्द्रीय बजेटबाट दिनुपर्दैन, यहीको बजेटले पुग्छ’, उनले भने, ‘सरकारले यसमा ठूलो लगानी गरेको छ, त्यसैले आत्मनिरभर हुनु जरुरी छ।’

सरकारले विमानस्थल निर्माण, पुनःनिर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकता दिएर त्यसमा ठूलो लगानी गरेको बताउदै उनले त्यसबाट केही परिमाण निस्किनु पर्नेमा उनले जोड दिए।

नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थलका लागि जमिन अपुग रहेकाले निकुञ्जको केही जमिन लिनुपर्ने बताए। ‘२ बिघा निकुञ्जको जमिन लिनुपर्ने देखिन्छ, सबै पक्ष जुटेमा विमानस्थल बन्छ’, उनले भने, ‘अतिक्रमण हटाएमा हामी नयाँ आर्थिक वर्षदेखि भित्रको काम प्रारम्भ गछौँ, बाँकी अपुग जमिन विस्तारै पाइन्छ।’

विमानस्थल पुनः सञ्चालनमा नआएमा यहाँ निर्माण हुने भनिएको सुख्खा बन्दरगाह, निर्माणाधीन चार लेनको पुल लगायत योजनाको कुनै औचित्य नरहने उनको धारणा छ। असुरक्षाको कारण देखाउँदै सशस्त्र द्धन्द्धकालमा मझगाउँ विमानस्थल बन्द गरिएको थियो। त्यसयता विमानस्थल सञ्चालनमा आउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .