अमेरिकी कम्पनी फेसबुकको अकाउन्ट शुक्रबार ह्याकरहरुले केही समयका लागि नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।
ह्याकिङ समूह ‘आवरमाइन’ले फेसबुक पनि ह्याक गर्न सकिन्छ भन्ने सन्देश फेसबुकको आधिकारिक ट्विटर र इन्स्टाग्राममा पोष्ट गरेका थिए।
ती खाताहरू अहिले पुनस्थापित गरिएका छन्। आवरमाइनले उसको आक्रमण साइबर कमजोरी प्रष्ट देखाइदिने प्रयत्न भएको बताएको दाबी गरेको छ।
'
गत ज्यानुअरीमा उसले यूए न्याशनल फुटबल लिगका एक दर्जनभन्दा बढी खाताहरू आफ्नो नियन्त्रणमा लिएको थियो।
उक्त समूहले फेसबुकको ट्वीटर ह्यान्डलमा लेखेको थियो ‘हेलो, हामी आवरमाइन हौँ। फेसबुक पनि ह्याक गर्न सकिन्छ तर कम्तीमा फेसबुकको सुरक्षा व्यवस्था ट्वीटरको भन्दा राम्रो छ।’
फेसबुकले आफ्ना अकाउन्टहरु ह्याक भएको पुष्टि गरेको छ। ट्वीटरले पनि तेस्रो पक्षबाट फेसबुकको अकाउन्टमा आक्रमण भएको बताएको छ। बीबीसी
Shares
प्रतिक्रिया