शनिबारदेखि नियम लागू हुने भएपछि शुक्रबार राति चीनको सानजेनबाट हङकङ प्रवेश गर्न चाहने हजारौं मानिसहरुको भिड लागेको थियो।
कोरोना भाइरसको त्रासपछि हङकङले क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको हो।
यसरी अलग स्थानमा निगरानीमा बस्दा कोरोना संक्रमणको खतरा कम हुने अनुमान गरिएको छ।
शनिबारसम्म कोरोनाका कारण ७ सय २२ जनाको मृत्यु भइसक्दा ३४ हजार ५४६ जना कोरोनाबाट संक्रमित बनेका छन्।
हङकङमा भने संक्रमितको संख्या २६ पुगेको छ।
प्रतिक्रिया