१४ दिन छुट्टै बस्नुपर्ने नियम लागू हुनुअघि सेन्जेनको लोउ नाकाबाट हङकङ प्रवेश गर्ने चिनियाँको ठूलो भीड लागेको छ।
शुक्रबार मध्य रातीबाट हङकङ प्रवेश गर्ने चिनियाँलाई १४ दिन छुट्टै बस्नु पर्ने नियम लागू हुँदैछ। कोरोना भाइरस नियन्त्रणका लागि मुख्यभूमी चीनबाट हङकङ प्रवेश गर्ने व्यक्तिहरूलाई १४ दिन छुट्टै बस्नु पर्ने नियम लागू गरिएको हो।
शनिबारदेखि हङकङ प्रवेश गर्ने चिनियाँले १४ दिन छुट्टै चिकित्सकको निगरानीमा बसनु पर्नेछ। त्यसैले यो नियम छल्न शुक्रबार अन्तिम दिन सेन्जेनको लोउ नाकाबाट हङकङ प्रवेश गर्ने चिनियाँको ठूलो भीड लागेको छ।
साउथ चाइना मर्निङ पोष्टलदे जनाए अनुसार शुक्रबार साँझ ८ बजेसम्म पनि हङकङ प्रवेश गर्ने चिनियाँको झण्डै सय मिटर लामो लाइन थियो।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ६३० जनाको मृत्यु भैसकेको छ भने मुख्यभूमी चीनका ३१ हजार र हङकङका २६ जनामा कोरोना भाइरस भेटिएको छ।
शनिबारदेखि हङकङ प्रवेश गर्ने चिनियाँ नागरिकले १४ दिनसम्म आफ्नै निवास वा होटलमा एक्लै बस्नु पर्नेछ। यो नियम उल्लंघन गर्नेलाई हङकङ प्रहरीले २५ हजार हङकङ डलर जरिवाना र ६ महिना जेल सजाय दिन सक्नेछ।
प्रतिक्रिया